एभरेष्ट म्याराथन सहभागि हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाई

पाेखरा | जेठ ४, २०८०

एभरेष्ट म्याराथन सहभागि हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाई

पोखरा:    एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाई गरेको छ ।

 

७ सदस्यिय यूके निवासी नेपाली टोली अन्नपूर्ण घान्द्रुकस्थित मेश्रोम बराह मावीको सहयोगार्थ एभरेष्ट म्याराथनका लागि जान लागेको हो । यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् ।

 

टोलीलाई बिदाई गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले निश्चित उद्धेश्यका साथ एभरेष्ट म्याराथनमा सहभागि हुनु आफैमा गर्वको विषय रहेको बताउँदै उहाँहरुको सहभागिताले नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने बताए ।

 

यस्तै एभरेष्ट म्याराथनमा सहभागि हुने टोलीको नेतृत्व गरिरहेको सूर्य गुरुङले आफूहरुलाई मञ्चले बोलाएर बिदाई गरेकोमा आभार व्यक्त गर्दै आगामी संस्करणमा पोखरा म्याराथनमा समेत सक्रिय सहभागिताका लागि आफ्नो पहल हुने बताए । उनले भने–“एभरेष्ट म्याराथनमा सहभागिता विद्यालयको सहयोगका लागि हो । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको पठन–पाठनमा कुनै समस्या नहोस् भन्नका लागि हामीले च्यारिटीका लागि गरेका हौं ।”

 


कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए । यसै विच जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङसहित, महासचिव कृष्ण तिमिल्सिना र कोषाध्यक्ष महेश पौडेल समेत अवलोकनका लागि जाने भएका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्